काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोलामा २१ सयले बढेको छ।
सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार २ सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँ बढेको हो। आज चाँदी तोलाको १ हजार ९२५ मा कारोबार भइरहेको छ। सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ८६५ थियो।
प्रतिक्रिया दिनुहोस्