काठमाडौं : आइतबार ४६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार पनि १२.८४ अंकले घटेको छ । सरकार ढल्ने हल्लासँगै शेयर बजारमा भारी मात्रमा गिरावट आएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री (दक्षिण र मध्य एसिया मामिला विभाग) डोनाल्ड लु काठमाडौंमा छन् । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा देखि प्रतिपक्ष दलका नेता पुष्प कमल दाहाल प्रचण्डसम्मलाई भेटेपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नभेट्ने भएका छन् ।
त्यही कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा सरकार ढल्ने हल्लासँगै शेयर बजारमा पनि दुई दिन लगातार गिरावट आएको हो । यहि हल्लाबीच नेप्से ०.४७ प्रतिशतले घटेर २६७६.१५ विन्दुमा पुगेको छ । सोमबार नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर कारोबार भएको छ । ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ७५८ पटक शेयर किनबेच भएको छ ।
आज १३ समूहमध्ये ५ वटा समूह बढेको छ भने ८ वटा समूह घटेको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.०६ प्रतिशतले बढेर ६ हजार ७७४.९३ विन्दुमा पुगेको छ ।
त्यस्तै, फाइनान्स समूह ०.१५ प्रतिशतले, लगानी समूह लगानी समूह ०.७६ प्रतिशतले, म्युचुअल फण्ड ०.१४ प्रतिशतले र अन्य समूह ०.११ प्रतिशतले बढेको छ । सबैभन्दा बढी जीवन बिमा समूह १.६७ प्रतिशतले घटेर १३ हजार १०९.५२ विन्दुमा पुगेको छ ।
साथै, वाणिज्य बैंक समूह ०.४६ प्रतिशतले, विकास बैंक ०.६८ प्रतिशतले, होटल तथा पर्यटन ०.८३ प्रतिशतले, हाइड्रोपावर ०।५४ प्रतिशतले, लघुवित्त ०.६१ प्रतिशतले, निर्जीवन बिमा १.१६ प्रतिशतले र ट्रेडिङ समूह १.३० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्