सुदूरपश्चिमले काठमाडौँलाई १६८ रनको लक्ष्य दियो !

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को नवौँ तथा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो । सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन मक्मलेनले अर्ध शतक बनाए । उनले ३६ बलमा ५३ रन बनाएर आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रनको आक्रामक पारि खेले । उनि २५ बलमा ४३ रन जोडेर क्याच आउट भए ।

धनगढी सूचना

रोयल्सका ओपनर विनोद भण्डारीले ३५ रन बनाए । सेफ अलि जेबले ११ रनको योगदान दिए । रोहन मुस्ताफा ४ रनमा बोल्ड भए । आरिफ शेख ३ बलमा ३ रन बनाएर खेलिरहेका बेला रनआउट भए । इशान पाण्डे १ र स्कट कुगेलेइन ७ रनमा नटआउट रहे ।

बलिङमा काठमाडौंका राशिद खानले सर्वाधिक २ विकेट लिए । करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले समान १–१ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार