काठमाडौंले सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्ने !

काठमाडाैं : नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

टस जितेर काठमाडौँले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको हो । आजको दाेस्राे खेलमा काठमाडाैं गाेर्खाज र सुदुरपश्चिम राेयल्सबिचमा प्रतिस्पर्धा हुदैँछ । 

SHIKHAR COOL TECH

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ ।

हिजोको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको थियाे भने बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम बिजयी भएर अाएकाे टाेली हाे । यसअघि दुवै बिजयी टाेली एक अर्कालाइ पराजय गराउन मैदानमा उत्रदैँछन् ।

आज हुने पहिलो खेलमा  काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन् भने सुदुरपश्चिमवाट दिपेन्द्र सिंह एेरीले नेतृत्व गर्ने छन्  ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

 काठमाडौं गुर्खाज

करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड),  ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स),  जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)। 

सुदूरपश्चिम रोयल्स 

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार