काठमाडौं : जाजरकोटमा मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका-१० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीकाअनुसार दुर्घटनामा जीपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू दुवैलाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । तर अस्पतालका चिकित्सकले उनीहरूको मृत्यु घोषणा गरेका थिए ।
मृतक दुवै जाजरकोटको भेरी नगरपालिका-७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा कार्यरत थिए । जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ । घाइते २३ वर्षीय कमल चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको छ ।
प्रतिक्रिया दनुहोस्