आज पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाण्डाै : शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

धनगढी सूचना

आज दिव्यश्वरी, इन्ग्वा, खानीखोला, जोशी र सुपर माई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्यान्डे हाइड्रोपावर कम्पनीको शेयर भने साढे नौ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे १० अर्बको कारोबार भएकोमा आज तीन सय सात वटा कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर आठ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार