जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले हरायो !

काठमाडौं : जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ। 

दोस्रो जित हासिल गर्ने क्रममा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। 

SHIKHAR COOL TECH

जनकपुरका लागि कप्तान अनिल कुमार शाहले ३५ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए। अनिल ४२ बल ६ चौका र तीन छक्काको सहयोगमा ६२ रनमा अविजित रहे। 

यस्तै अर्का ओपनर आशिफ शेखले ३६ रन बनाए। पहिलो विकेटका लागि अनिल र आशिफले ८४ रनको शानदार साझेदारी गर्दै जनकपुरका लागि राम्रो सुरुआत दिलाए। १३.५ ओभरमा आशिफ मौसम ढकालको बलिङ देव खनालबाट क्याच आउट भए। 

यस्तै, लाहिरु मिलनथाले २४ रनमा आउट भए भने जेम्स जिमिनिसम १६ रनमा अविजित रहे। यता, कर्णालीको लागि मौसम ढकाल र जिसान मक्सुदले समान एक एक विकेट हात पारे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो।  जितसँग जनकपुरले दुई खेलबाट चार अंक जोडेको छ। पराजित कर्णालीले भने पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार