प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि आज चीन जादै छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली आज बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने भएका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग मंसिर १८ गते बेइजिङमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मंसिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

धनगढी सूचना

बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको भ्रमणमा संघीय संसद्का ९ सांसद पनि परेका छन् । ओलीसँगै चीन जानेमा सत्तारुढ दल एमालेका सांसदद्धय लिलानाथ श्रेष्ठ र बिजुला रायमाझी, नेपाली कांग्रेसका सांसदद्धय श्यामकुमार घिमिरे र अर्जुननरसिंह केसी तथा सांसदहरु रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रञ्जिता श्रेष्ठ, र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

३२ जना सरकारी र ५५ जना निजी क्षेत्रका व्यक्तिसहित ८७ जनाको टोली प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार