गिभिनामाथि वज्रपात, आमाको दुर्घटनामा निधनपछि भाइले गरे आत्म’ह’त्या

काठमाडौं : सानै उमेरदेखि अरूको सेवा गरेर चर्चित बनेकी गिभिना मगरमाथि अहिले बज्रचोट परेको छ । उनले एकैदिन आमा र भाइलाई गुमाएकी हुन् ।

गत सातामात्र विवाह बन्धनमा बाँधिएकी २७ वर्षीया गिभिनालाई नयाँ जीवनको खुसी सेलाउन नपाउँदै शोकमाथि शोक परेको छ । उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो । याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । जेब्रा क्रस गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको हो ।

धनगढी सूचना

आमाको निधनपछि विक्षिप्त बनेका २६ वर्षीया छोरा (गिभिनाका भाइ) रामकुमार बुढाले आत्महत्या गरेका प्रहरीले पुष्टि गरेको छ । आमालाई अस्पताल लगेपछि रामकुमारलाई सम्पर्क गर्दा फोन नउठेको र खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेका थिए । आमाको दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका उनले अरू गएपछि आत्महत्या गरेको बताइएको छ ।
थिए ।

गिभिना आर्थिक सहयोग जुटाएर असहाय र विपन्नलाई सहयोग गर्दै आएकी थिइन् । पूर्वी रुकुम घर भएका गिभिनाको परिवार अहिले पोखरा २५ याम्दीमा बस्दै आएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार