दुई करोड ४३ लाखको लागतमा खानेपानी सुविधा

काठमाडौँ : दुई करोड ४३ लाख ८८ हजार लागतमा मुसिकोट नगरपालिकामा खानेपानी आयोजना सम्पन्न भएको छ । लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँ पुयाइएको हो । 

पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत रु ६५ लाख, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको रु ९७ लाख ४८ हजार, नेपाल विद्युत् प्राधिकरणमार्फत रु ४३ लाख ९० हजारका विद्युतीय सामग्री एवं स्थानीय जनश्रमदान रु ३७ लाख ५० हजार गरी कूल रु दुई करोड ४३ लाख ८८ हजार लागतमा उक्त आयोजना सम्पन्न भएको हो । 

Seti Hospital

‘एक घर एक धारा’ खानेपानी योजनामार्फत त्यहाँका एक सय २३ घरमा खानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिनुभएको छ । 

गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो । पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको स्थानीय हरि छन्त्यालले बताउनुभयो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार