गाडी दुर्घटना अपडेट : पाँच जनाको मृत्यु, मृतकको पहिचान खुल्यो !

रामेछाप : रामेछापमा शुक्रबार भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । शुक्रबार रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडास्थित खिम्ती–बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीय कविता कार्की, उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्का र गोकुलगंगा गाउँपालिका–४ बेलाती जोगीडाँडाकी २८ वर्षीया सविना गजमेर विक छन् । पाँचै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल मन्थली लगिएको छ ।

Seti Hospital

दुर्घटनामा घाइते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ । घाइतेहरूमा कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा गाउँपालिका–४ का ४ वर्षीय बालक (मृतक सविनाका छोरा) रविन विक र गोकुलगंगा गाउँपालिका–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की छन् । उनीहरू सबैको काठमाडौंको ट्रम सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार