बाजुरामा उत्पादन गरेको कोदो घरआँगनमै बिक्री हुन थालेपछि…

बाजुरा : बाजुरामा उत्पादन गरेको कोदो पछिल्लो समय घरआँगनमै बिक्री हुन थालेपछि यहाँका महिला निकै खुसी भएका छन् । पहिला यहाँ उत्पादन भएको कोदो कतै बिक्री हुँदैनथ्यो । यहाँका स्थानीय प्रायः कोदो पनि खाँदैनथे ।

धर्मकर्ममा लागेकाले त माघ महिना तथा व्रतका बेला कोदो झनै खाँदैनथे ।  बाजुरामा माघको महिना घरमा आएका पाहुनालाई समेत कोदोको रोटी नदिने चलन यहाँका अधिकांश गाउँबस्तीमा अहिले पनि छ । अहिले जिल्लाभित्र तथा बाहिरदेखि कोदो किन्नेहरू घरआँगनमै आउन थालेपछि यहाँका महिला अहिले घरआँगनमै कोदो बिक्री भएको भन्दै निकै खुसी भएका हुन् ।

SHIKHAR COOL TECH

पहिला सासूससुराले धेरै कोदो लगाउने गर्थे । घरमा धेरै भात खाने गरेकाले त्यो कोदोको रोटी प्रायः कोही नखाने र बिक्री गर्दा पनि कतै बिक्री नहुने भएकाले त्यसलाई गाईभैँसीलाई पिठोका रूपमा खुवाउने गरेको बुढीगङ्गा नगरपालिका–१० की लाली साउदले बताए ।

उनले भने, “कोदो लिनका लागि धमाधम व्यापारी घर आउने र हातमा पैसा थमाइजाने गरेकाले निकै खुसी भएकी छु ।” यहाँको अर्गानिक कोदो देशका ठुला सहरमा माग बढ्न थालेपछि व्यापारीले दैनिक गाउँबाट कोदो सङ्कलन गर्न थालेपछि गाउँमा कोदो किन्नेहरू आउन थालेको खप्तड छेडेदह गाउँपालिका–४, खाती गाउँकी जलु धामीले बताए ।

बाजुरामा कोदो निकै राम्रो र धेरै उत्पादन हुने गर्दछ । यहाँका अधिकांश प्रायः परिवारले पाखो र भिरालो जमिनमा कोदो खेती गर्ने गर्छन् । बाजुराको हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल बुढीगङ्गा, खप्तड छेडेदह र त्रिवेणीलगायतका विभिन्न ठाउँमा कोदो राम्रो उत्पादन हुन्छ तर पनि यहाँका स्थानीयले कोदो खासै लगाउने गर्दैनन् ।

पछिल्लो समय देशका विभिन्न सहरबाट कोदोको माग बढेको र स्थानीय तहले पनि अर्गानिक खाद्यान्नलाई बढी प्राथमिक दिन थालेपछि अहिले कोदोप्रति यहाँका स्थानीयको चासो बढ्न थालेको छ । बाजुराको अर्गानिक कोदोको माग पछिल्लो समय विभिन्न सहरमा बढ्न थालेपछि अहिले यहाँका स्थानीय पनि फेरि कोदो खेती लगाउन थालेका छन् ।

अहिले यहाँका केही स्थानीय सरकारले पनि विद्यालयमा बालबालिकालाई खुवाइँदै आएको दिवा खाजामा कोदोको परिवार अनिवार्य गर्दै आएका छन् । कोदो खेतीले यहाँका स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले अहिले यहाँका स्थानीयलाई कोदो खेतीमा उत्प्रेरित गर्दै आएको स्थानीय तह बताउँछन् । बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य भए पनि पाँच हजार २३५ हेक्टर जमिन वर्षभरि सिँचाइ सुविधा छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार