पूर्व भौतिक योजना मन्त्री राईको निधन

काठमाडौँ : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ ।

भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको हिजो काठमाडौँको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुदन किराँतीले जानकारी दिए ।

उनी पार्किन्सन रोगबाट पीडित थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राईको निधनमा दुःख व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार