तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोवार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । मंगलबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोवार भएको चाँदी बुधबार ५ रुपैयाँले घटेर १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार