झापाको दमकमा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा : झापाको दमक वडा नंं ३ मा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  बिहानको राति २ बजेको समयमा दिपज्योती टोलका सुविन भट्टराईको भान्सा घर हात्तीले भत्काउन थालेपछि हात्ती धपाउन आएका छिमेकी ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो ।

Tihar shuvakamana
Discovery School

हात्ती धपाउन खोज्दा हात्तीले भण्डारीलाई १ सय मिटर भन्दा परसम्म लखेटेर आक्रमण गरेको जनाइएको छ । भण्डारीको घटनास्थलमा नै ज्यान गएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले जनाए ।

दमकको वडा नंं २ र ३ हात्ती प्रभावित क्षेत्रमा पर्दछ । वडा नंं ३ का वडाध्यक्ष नबिन बरालका अनुसार हात्तीबाट ज्यान बचाउन स्थानीयलाई निक्कै मुस्किल बन्न थालेको अवस्था रहेको छ । हात्तीहरू दिनको समयमा नजिकै हम्सेदुम्से जङ्गलमा बस्ने र बेलुकाको समयमा बस्ती तथा गाउँ पस्ने गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार