जिप दुर्घटना हुदा ६ वर्षिय बालक सहित ६ जनाको घटना स्थलमै मृत्यु

कालिकोट : कालिकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एक ६ वर्षिय बालक सहित ६ जना रहेका छन ।

मृत्यु हुनेमा पिलाँता गाउँपालिका वडा र्न ५ का ५१ वर्षिया पदम बहादुर बमस ६ का पुन्नकला शाही, ५ कि छाया शाही, सोही गाउँपालिका वडा र्न ६ निवासी भद्र रोकाया, ६ उखाडी निवासी गणेश शाही र ६ वर्षिय बालक दमन रोकायाको पहिचान खुलेको प्रहरी चौकी खिनले जनाएको छ ।

Seti Hospital

क १ ज, ५६ नम्बर को जिप खिनदेखी थिर्पुसम्म आउदै गरेको थियो । दिउसो २ वजेर ३१ मिनेटमा राडुकाप्रे खोलमा दुर्घटना भएको थियो । दुर्घटनामा १३ जना गम्भिर घाइते भएको समेत जनाइएको छ ।

घाइतेको हेलीकप्टर मार्फत उद्धार गरिएको प्रहरी चौकी खिनले जनाएको छ । घाइते हुनेमा बिजय थापा। इश्वर थापा,केशव थापा, डल्ली बिक, आषुसा विक,रिदम शाही, प्रतिक्षा शाही, आषिष रोकाया,भुपेन्द्र रोकाया,दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकायार गाडी चालक हस्त वम गरी जम्मा १३ जना गम्भिर घाइते रहेको जनाएको छ । गाडी सडकदेखी २ सय मिटर तल खसेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार