मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु

प्यूठान : मोटरसाइकलको ठक्करबाट प्यूठानमा तीन महिनाको शिशुको ज्यान गएको छ ।

ऐरावती गाउँपालिका–४ कैरनबाट प्यूठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजलको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए ।

घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्यूठान नगरपालिका–१ चेरनेटाका २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार