सुनको भाउ एकैदिन दुई हजारले वृद्धि

काठमाडौँ : अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घटेको सुनको भाउ दोस्रो दिन नै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेको हो ।

योसँगै छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ पुगेको छ । बिहीबार यस्तो मूल्य १ हजार ९६० रुपैयाँ थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार