काठमाडौं : कीर्तिपुर अस्पतालको पछाडि एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
सोमबार बिहान कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिला मृत फेला परेकी हुन् ।
मृतकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्