भारतका वनपाखामा खर काट्ने काममा व्यस्त नेपाली विद्यार्थी

बैतडी : भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त हुन थालेका छन् । भारतीय किसानले दैनिक ज्यालादारीमा खर कटाउने भएकाले मौसमी रोजगारीका लागि झुलाघाटबाट कात्तिक पहिलो साता एक हजार नेपाली पिथौरागढ पुगेका छन् ।   

झुलाघाट सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार कात्तिक १ देखि ९ गतेसम्म एक हजार ४४ जना नेपाली भारत गएको तथ्याङ्क छ । यीमध्ये ४०१ जना महिला रहेका छन् । कामको खोजीमा १८ देखि २० वर्ष उमेर समूहका युवा सीम पारि गएको झुलाघाट सीमा प्रहरी चौकीका इन्चार्ज गङ्गाराम टमटाले बताए ।  

Seti Hospital

दसैंतिहारका बेला विद्यालय बिदा भएकाले खर काट्न जानेमा अधिकांश विद्यार्थी सहभागी छन् । नाकाबाट बाहिरिनेमा युवाको उमेर खुल्ने कागजपत्र हेरेर मात्रै सीमापारि जान दिएको चौकी इन्चार्ज टमटाले बताए । भारतमा खर काट्ने सिजन भएकाले गाउँबाट २० जना विद्यार्थी भारतको पिथौरागढ हिँडेको सिगास गाउँपालिका–१ को पञ्चोदय माविका व्यवस्थापन समिति अध्यक्ष भानसिंह धामीले बताए । 

उहाँले कापीकलमको जोहो गर्न बिदाको बेला हरेक वर्ष गाउँबाट २०र२५ जना विद्यार्थी भारत जाने गरेको बताए। भारतमा दैनिक पाँच सयदेखि आठ सय भारतीय रुपियाँ ज्याला पाउने गरेको खर काट्न भारत जाँदै गरेका नेपाली विद्यार्थी गम्भीर धामीले बताए । एक महिना काम गर्दा २० देखि ३० हजार नेपाली रुपियाँ बचत हुने उहाँले बताए । 

अधिकांश बालबालिकाका आमाबुवा पनि साथमै हुने भएकाले ठुलो परिवार सङ्ख्या हुनेले महिनामा ५० हजार आम्दानी गर्दै आएका छन् । स्वदेशमा दैनिक ज्याला मजदुरीको काम नपाएपछि सुदूरपश्चिमका अधिकांश जिल्लाका नेपाली मौसमी रोजगारी खोज्न भारतको पिथौरागढ पुग्ने गरेका छन् । हिउँदे खेतीका रूपमा गहुँ छरेर गाउँका पुरुष ठुलो सङ्ख्यामा भारत जाने तयारी गरिरहेको पुर्चौडी नगरपालिका–५, कुवाकोटका किरण पार्कीले बताए ।

जिल्लाको पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथ चन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पाटन नगरपालिकाबाट भारत जानेको सङ्ख्या अधिक रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार