देशैभरका सरकारी कार्यालयहरूमा डेङ्गीविरुद्ध सरसफाई अभियान चलाइने

काठमाडौँ : सरकारले हरेक हप्ता शुक्रबार देशैभरका सरकारी कार्यालयहरूमा डेङ्गी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय गरेको छ ।

डेङ्गी सङ्क्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले शुक्रबार १० बजे १० मिनेटका लागि सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने निर्णय गरेको हो ।

Seti Hospital

सरकारी कार्यालयमा रहेको ग्यारेजसहितका ठाउँहरुमा प्रयोगविहीन टायर वा गाडीमा पानी जमेर बस्ने तथा त्यसले डेङ्गी फैलाउने लामखुट्टेको फैलावटमा मद्दत पुग्ने भएकाले त्यस्ता सबै ठाउँको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी सार्ने लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रूपमा सञ्चालन गर्न आह्वान गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार