नबिल बैंकको नाफा ४० प्रतिशत बढ्यो !

काठमाडौं : नबिल बैंकको खुद नाफा ४० प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा २ अर्ब ५ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ४ अर्ब १७ करोड रुपैयाँ रहेकोमा चालु आवको सो अवधिमा ४ अर्ब १४ करोड छ । बैंकको इम्पेरिमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य टेवा पुगेको देखिन्छ । पहिले इम्पेरिमेन्ट चार्ज १ अर्ब ११ करोड रहेकामा अहिले ४५ करोड ७७ लाख छ ।

बैंकको नाफा बढ्दा प्रतिसेयर आम्दानी बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा छ । असोज मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ ९६ पैसा हो ।

बैंकको निष्क्रिय कर्जा केही बढेको यस्तो कर्जा कुल कर्जामा गत वर्षको असोज मसान्तसम्म ३.६९ प्रतिशत रहेकोमा यो वर्षको असोज मसान्तसम्म ४.२४ प्रतिशत छ । बैंकको आधार दर ९.५८ प्रतिशतबाट ७.०२ प्रतिशतमा झरेको छ । बैंकको सीडी रेसियो ८१.७१ प्रतिशत छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार