नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराल भारतमा सम्मानीत

काठमाडौं : नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराललाई भारतमा सम्मान गरिएको छ। भारतको इन्डियन सोसाइटी अफ मेडिकल एन्ड पेडियाट्रियक अंकोलोजी (आइएसएमपिओ) ले डा बराललाई दिल्लीमा सम्मान गरेको हो।

डा बरालले क्यान्सर उपचारका क्षेत्रमा गरेको योगदानको कदर गर्दै भारतको क्यान्सर सम्बन्धी ठूलो संस्थाले सम्मान गरेको हो। आइएसएमपिओले आयोजना गरेको क्यान्सर कन्फ्रेन्समा नेपालका डा बराललाई अवार्डसहित सम्मान गरिएको हो।

Seti Hospital

डा बरालले अवार्ड र सम्मानले आफूलाई यस क्षेत्रमा काम गर्न थप हौसला प्रदान गरेको जानकारी दिए।

क्यान्सर रोग विशेषज्ञ डा बरालले नेपालका विभिन्न अस्पतालसहित देशका विभिन्न स्थानमा पुगेर बिरामीको सेवा गरिरहेका छन्। भक्तपुर क्यान्सर अस्पतालका पूर्व निर्देशक समेत रहेका डा बरालले हजारौं क्यान्सरका बिरामीलाई नयाँ जीवन दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार