राष्ट्रिय युवा संघ नेपालले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन गर्ने

काठमाडौं : एमालेको जनवर्गीय सङ्गठन राष्ट्रिय युवा संघ नेपालले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ( एआई ) सम्मेलन गर्ने भएको छ। संघले कार्तिक ११/१२ गते हायत प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको हो।

एआई सम्मेलनबाट विश्व बजारमा भइरहेको ‘’आर्टिफिसियल इन्टेलिजेन्स’’ को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको सङ्घले जनाएको छ।

सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताए।

सम्मेलनमा १००० जना सहभागी हुने छन जसमा ५०० जना सङ्घबाट सिफारिस गरेका प्रतिनिधि हुन्छन भने बाकी ५०० जनाको कोट खुल्ला गरिएको छ। खुल्ला कोटमा सबै इच्छुक युवाहरूले फर्म भरी प्रतिनिधि हुनको लागि आवेदन दिन सक्ने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार