ठगी आरोपमा पक्राउ परेका हाँस्य कलाकार ‘इकु’ ५ लाख धरौटीमा रिहा

काठमाडौं : कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी १४ असोजमा रिहा भएको अदालतका सूचना अधिकारी मेलिस बासकोटाले जानकारी दिए ।

धरौटीमा रिहा भएका इकुले आफू अभिनित फिल्म ‘१२ गाउँ’को प्रचार थालेका छन् । आफूले केही हल भिजिट गरेर दर्शकसँगै फिल्म हेरेको उनले बताए ।

विराज भट्ट निर्देशित फिल्ममा इकुको शीर्षमध्येको भूमिका छ । उनी फिल्ममा विराजका सहयोगीको भूमिकामा देखिएका छन् । इकुको यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार