विवादित इन्सपेक्टर विनुकुमारी विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । एक व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख आर्थिक लेनदेन गरेको आरोप लागेपछि निलम्बित भएकी प्रहरी निरीक्षक विनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

निलम्बित प्रहरी निरीक्षक शाहीसहितको टिमले बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर आर्थिक लेनदेन गरेको आरोप थियो । यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको थियो । समितिको प्रतिवेदनका आधारमा उनलाई कारबाही हुन लागेको हो ।

dashain shuvakamana
Discovery School

उक्त घटनामा संलग्न रहेको आरोपमा एक सहायक प्रहरी हवल्दारसहित चार जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएसँगै निलम्बित प्रहरी निरीक्षक शाहीको खोजी भइरहेको बताइएको छ । उनी यसअघि पनी विभिन्न काण्डमा मुछिदैं आएकि थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार