युवती बेपत्ता पारेको आरोपमा इन्चार्ज प्रहरी हवल्दार पक्राउ

काठमाडौँ : युवती बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार हवल्दार जोशीले पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेका हुन् ।

हवल्दार जोशीलाई शुक्रबार स्थानीयले महाकाली पारी भारततर्फबाट जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । जोशी कञ्चनपुरको वेदकोट नगरपालिका-५ का स्थानीय हुन् । घटनामा जोशीको संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् ।

dashain shuvakamana
Discovery School

प्रहरीका अनुसार युवती शुक्रबार बिहान ४ बजे पानी ल्याउने भन्दै जर्किन (प्लास्टिकको ग्यालन) लिएर घरबाट निस्किएकी थिइन् तर दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए ।

बेपत्ता किशोरीको अवस्था अज्ञात रहेको छ। उनीहरूले चौकी इन्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्। दुवै जनाबीच विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेको स्थानीयको आरोप छ । प्रहरीका अनुसार युवतीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला परेको छ ।

युवती बेपत्ता भएको घटनामा चौकी इन्चार्ज पक्राउ परेपछि त्यहाँ कार्यरत अन्य प्रहरी समेत जिल्ला तानिएका छन् । चौकीमा कार्यरत एक जना प्रहरी सहायक हवल्दार र दुई जना प्रहरी जवानलाई जिल्ला झिकाइएको जनाइएको छ । उनीहरूको ठाउँमा जिल्ला प्रहरी कार्यालयबाट नयाँ प्रहरी खटाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार