४ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमा खुम्चियो !

काठमाडौँ : बुधबार सेयर बजार उकालो लागेको छ ।आज नेप्से ४.८५ अंकले बढेर परिसूचक २६६८.१७ अंकमा पुगेर रोकियो ।

२९४ कम्पनीको ८३ लाख १२ हजार कित्ता सेयर किनबेच हुदा ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। जसमा १३० वटा कम्पनीको मूल्य बढेको छ भने १०२ वटा कम्पनीको मूल्य घटेको छ।

dashain shuvakamana
Discovery School

बढ्नेमा आज मिडसोलु हाइड्रो र युनाइटेड मोदी हाइड्रो अगाडि छन्। यी कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। यसबाहेक अप्पर स्यांगे हाइड्रो र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ९ प्रतिशतले बढेको हो।

घट्नेमा भने थ्रि स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले ह्रास आएसँगै नकारात्मक सर्किट लागेको छ। कारोबारको आधारमा भने आज नेपाल फाइनान्स अगाडि देखियो। यो कम्पनीको २२ करोडको सेयर कारोबार भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार