दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घट्यो !

काठमाडौं : यस वर्ष दशैँमा राजधानी छाड्नेको सङ्ख्या गत वर्षको भन्दा आधाले घटेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैँका लागि काठमाडौँ छाडेका छन् । 

dashain shuvakamana
Discovery School

पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् । गत वर्ष यही अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए ।

काठमाडौं जोड्ने अधिकांश राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस वर्ष दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, बीपी राजमार्ग सञ्चालन हुन सकेका छैनन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार