पुण्य गौतममाथि निर्घात कुटपिट, घाइते गौतमको उपचार जारी

काठमाडौं : पुण्य गौतममाथि निर्घात कुटपिट भएको छ। सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका  वडा नम्बर ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा गौतममाथि कुटपिट भएको हो।

गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।

dashain shuvakamana
Discovery School

गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको छ। उनको टाउकोमा चोट लागेको छ।  प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिररहेको छ भने संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

गौतमकी श्रीमती अपेक्षा अधिकारीले पुन्यलाई आइसियूमा राखेर उपचार गराइएको जानकारी दिएकी छन्। ‘उहाँ हिजो बेलुकी घर फर्कदै हुनुहुन्थ्यो। त्यसै क्रममा घरनजिकै एक जना व्यक्तिले रडले हिर्काएछन्,’ उनले भनिन्, ‘उहाँको टाउकोमा चोट छ भने टाँका लगाइएको छ, आइसियुमै हुनुहुन्छ।’

कसले के कारणले गौतममाथि आक्रमण गरेको हो खुलिसकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार