१९ वर्षीय युवतीमाथि आफ्नै प्रेमीसहित चार युवाले गरे बलात्कार

दाङ : दाङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। दाङ गढवा गाउँपालिका-५ की १९ वर्षीय युवतीमाथि आफ्नै प्रेमीसहित चार युवाले बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले जानकारी दिए।

‘१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षकै किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएको र उनले आफ्ना साथीहरूलाई पनि बोलाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’ उनले भने। ती युवतीको शरिरका विभिन्न ठाउँमा चोट लागेको र उपचार भइरहेको बताइएको छ। 

प्रहरीले किरणसहित चारजनालाई नै पक्राउ गरिसकेको छ। किरण र युवतीबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको पनि खुलेको छ। सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारैजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गढवा गाउपालिका- ५ मंघरका २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन्। अदालतबाट म्याद लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार