कर्णालीको परिचयमा अब क्रिकेट पनि : सांसद गौतम

काठमाडौं : प्रतिनिधिसभा सदस्य सोबिता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिएको बताएकी छिन्। 

पहिलोपटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)ले नयाँ अध्याय थपेको र कर्णाली याक्सले कर्णालीको परिचय थप भएको गौतमले बताइन्। ‘नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्दै छ। यो सुरुवातका लागि नेपाल क्रिकेट संघलाई हार्दिक धन्यवाद तथा बधाई,’ उनले भनिन्।

dashain shuvakamana
Discovery School

काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अनुपम प्राकृतिक सौन्दर्य, संस्कृति, भेषभूषा, जडीबुटी, अर्गानिक उत्पादनसँगै कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिनेछ।’

एनपिएल आगामी १५ मंसिरबाट ६ पुससम आयोजना हुँदै छ। त्यसको लागि गत सोमबार कर्णालीले आफ्नो लोगोसँगै टिम नाम ‘कर्णाली याक्स’ घोषणा गरेको थियो। कर्णालीले मुख्य प्रशिक्षक र टिम निर्देशकमा पूर्वकप्तान तथा नेपाल ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ। टिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन्।

सांसद गौतमले कर्णालीको प्रतिनिधित्व गर्ने कर्णाली याक्सले अत्यन्तै महत्वका साथ आफ्नो टिमको नाम, लोगो र मुख्य प्रशिक्षक सार्वजनिक गरेको बताउँदै टिमलाई शुभकामना दिइन्।

‘एनपिएलमा आन्तरिक प्रतिस्पर्धा गज्जबको हुनेछ, तर यो प्रतिस्पर्धामा कसैले हार्दैन। नेपालको क्रिकेट क्षेत्रले जित्नेछ र एक दिन नेपालले क्रिकेट विश्वकप जित्नेछ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार