१ लाख रुपैयाँ धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं

काठमाडौँ : मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् । मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए । 

प्रहरीको साइबर ब्युरोको उनलाई  असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार