किस्ने खोलाले बगाएर बेपत्ता भएका झापाका चौधरी तीन दिनपछि मृत अस्थामा भेटिए !

झापा : किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका–१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अस्थामा भेटिएका छन् ।

प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ः३० बजे आसपास चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको हो ।

अविरल वर्षापछि आएको बाढीले शुक्रबार चौधरी बेपत्ता हुनुभएको थियो । बाढीले जिल्लामा चौधरीसहित तीन जना बेपत्ता भएका थिए ।

यसमध्ये कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशीको आइतबार र गौरीगञ्जका केमालाल ताजुरियाको शनिबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार