मुग्लिन सडक खण्डको सडक पूर्णरुपमा अवरुद्ध

चितवन : लगातारको वर्षाको कारण  नारायणगढ मुग्लिन सडक खण्डको सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।पहिरोको जोखिमको कारण हिजो बेलुका ७ बजेदेखि आज बिहान ५ बजे सडक खुल्ने भनेपनि २९ किलोमिटर सडकबीचमा ९ ठाउँमा पहिरो र सडक समेत भास्सिएकोले बाटो खुल्न सकेको छैन ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार सडकको नौ किलोमा सडक तल भास्सिएको छ । भने कालिखोला, घोप्टेभीर लगायतका ठाउँठाउँमा पहरो गएको छ ।

dashain shuvakamana
Discovery School

सडक विभाग र प्रहरी मिलेर सडक पन्छाउने काम भइरहे पनि तत्कालै सडक खुलाउन सकिने अवस्था नभएको उनले बताए । त्यसैगरि पूर्वप्रश्चिम हाइवेको टिकौली जंगलमा दुईवटा ठूला रुख ढल्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको उनले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार