धनगढी : विदेशबाट घर फर्केका एक युवाले आफ्नी श्रीमती र बुवालाई गाेली हानेर भागेका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिका–५, का धीरेन्द्र यादवले गएराती २ वजे गाेली हानेका हुन् । गोली लागेर श्रीमतिकाे घटनास्थलमै मृत्यु भएकाे छभने युवकको बुवा घाइते भएका प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने धीरेन्द्र र उनीसँगै मोटरसाइकल चढेर आउने साथी फरार भएका छन् । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले उनीहरुकाे खोजी भइरहेको बताए । स्थानीयका अनुसार श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरमा नबस्ने गरेको बुझिएको छ ।
बुधवार राति भने एक्कासि हतियारसहित घरमा आएर श्रीमती र बुवामाथि गोली प्रहार गरेका हुन् । प्रहरी नायब उपरीक्षक श्रेष्ठले घरायसी विवादका कारण घटना भएको बताए। प्रहरी टोली अहिले घटनास्थलमै छ । घटनास्थलको अनुसन्धानपश्चात् मृतक चित्रलेखाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्