डेङ्गुको संक्रमण दिन प्रतिदिन बढ्दै, नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान

कावासोती : पूर्बी नवलपरासीमा डेङ्गुको संक्रमण दिन प्रतिदिन बढ्न थालेको छ । असारको दोस्रो हप्तादेखि हालसम्म प्राप्त तथ्याङ्कअनुसार १११ जनामा यो रोगको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाभित्रका स्वास्थ्य संस्थामा परीक्षण गराएका मध्ये ५१ जना महिला र ६० जना पुरुषमा रोग पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै देवचुली नगरपालिकामा २४ जना रहेका छन् । कावासोतीमा २३ जना, गैडाकोटमा १८ जना, मध्यविन्दुमा १४ जना,  बिनयीत्रिवेणीमा १४ जना हप्सेकोटमा १६, बुलिङटारमा २ जना गरी १११ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

dashain shuvakamana
Discovery School

बौदिकाली गाउँपालिकामा भने अहिलेसम्म देखा नपरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभयो । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चारमाध्यमबाट चेतना कार्यक्रम सञ्चालन गर्ने काम गरिएको प्रमुख सिंहले बताउनुभयो । घर वरपर सरसफाइ गर्न र खाल्टाखुल्टीमा पानी जम्न दिन नहुने भन्दै लक्षण देखिए उपचार गर्न सुझाव दिनुभयो ।

कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिनाले डेङ्गु रोगबारे समुदाय स्तरमा सचेतना दिन ‘खोज र नष्ट गर’ अभियान आयोजना गरिएको बताउनुभयो । विद्यालयदेखि कावासोती नगरपालिकाका वडा–वडामा पुगेर टोलसुधार समिति जनप्रतिनिधिलाई सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो । 

उहाँले डेङ्गु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताउनुभयो । कावासोती –२ मा खोज र नष्ट गर अभियान आयोजना गरिसकेकाले अन्य स्थानमा पनि अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । 

डेङगु संक्रमण भएमा एक्कासी उच्च ज्वरो आउने, मांसपेसी, टाउको दुख्नु, थकान महसुस हुने, वान्ता हुनुलगायतका लक्षण देखापर्छ । डेङगुबाट बच्न लामखुट्टेको बच्नु नै उत्तम उपाए भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन डिल्लीराम तिवारीको भनाइ छ । उहाँले लामो बाहुला भएको कपडा लगाउन, झुल लगाएर सुत्न सुझाव दिनुभएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार