सिधा कुराको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौं : सिधा कुरा डटकमसँग जोडिएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बिहीबार फैसला सुनाउँदै छ। सर्वोच्च अदालतले निर्णय सुनाउने मिति आजलाई तोकेको थियो।

यसअघि निर्णय सुनाउने मिति दुई पटक सरेको थियो। भदौ ६ सुनाउने भनिएकोमा त्यो सरेर भदौ २० गते पुगेको थियो। तर भदौ २० गते पनि बृहत् पूर्ण इजलासले फैसला सुनाएन।

dashain shuvakamana
Discovery School

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ जना न्यायाधीशको इजलासले साउन १७ गते अन्तिम सुनुवाइ गरेको हो।

सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगाना र सूचनाको स्रोत भनिएका अर्का व्यक्ती राजकुमार तिमल्सिनाविरुद्ध अदालतको अवहेलना गरेको भन्दै असार ९ गते रिट दायर भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार