विवादित व्यवसायी दुर्गाको मुद्दा भावी प्रधानन्यायाशीले हेर्दै

काठमाडौं : राजावादी तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई हुन लागेको छ।

छोरा निराजनले हिजो सर्बोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ। 

dashain shuvakamana
Discovery School

पेशीसूचीको ३ नम्बरमा रहेको रिटमा प्रसाईंलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ।

साइबर अपराधसम्बन्धी कसूरमा प्रसाईंलाई अस्ति अपरान्ह भक्तपुरको कमेरोटारस्थित उनकै निवासबाट नेपाल प्रहरीको साइबर ब्यूरो टोलीले नियन्त्रणमा लिएको थियो।

काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएका उनी अस्ति साँझदेखि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना भएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार