काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनेको हो । आज सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
केही सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि गत ३१ भदौमा हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँ बढेर १ हजार ९ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्