नेपाल प्रहरीका डिआईजीले मच्चाए उपद्रो

काठमाडाैं : नेपाल प्रहरीका डिआईजीले उपद्रो मच्चाएको पाइएको छ। कर्णाली प्रदेशका प्रमुखसमेत रहेका डिआईजी अर्जुन चन्द ठकुरीले उपद्रो मच्चाएको पाइएको हो।

विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरीले मदिरा सेवन गरेर उपद्रो मच्चाएका हुन्। स्रोतका अनुसार उनले हिजो (मंगलबार) राति कार्यालय बाहिरबाट मदिरा पिएर आएपछि होहल्ला गरेका थिए। त्यसपछि उनी कार्यालयबाटै भागेको स्रोतले जानकारी दिएको छ।

Dengue

कार्यालयबाट निस्केपछि मदिराकै नसामा उनी काठमाडौं जान्छु सुर्खेत देउती प्रालिको क.प्र. ५७२९ नम्बरको रात्रीबसमा चढेका थिए। त्यो खबर पाएपछि कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले उनलाई सुब्बाकुना चोकबाट फर्काएको स्रोतले बताएको छ।

मदिराले मात्तिएका उनले कार्यालय फर्केपछि पनि ‘दानवी रुप’ परिवर्तन गरेनन्। डिआइजी ठकुरीले राति नै धमाधम प्रहरी जवान तथा हवल्दारहरुको काज सरुवासमेत निकालेको बताइएको छ।

स्रोतका अनुसार डिआईजी ठकुरी पछिल्लो २ हप्ताबाट लगातार मदिरा पिएर प्रहरी कर्मचारीहरुलाई दुःख दिँदै आएका छन्। उक्त जानकारी प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुँवरसम्मै पुगेको बताइन्छ। आइजीपी कुँवरले उनीमाथि कारबाहीको डन्डा चलाउने तयारी गरिरहेको बताइएको छ।

ठकुरी २०५२ सालमा इन्स्पेक्टर पदमा भर्ना भएर प्रहरी सेवामा गएका थिए। उनी हाल कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रमुख रहेका छन्।

ठकुरी विवादमा परिरहने प्रहरी अधिकारी हुन्। डिएसपी हुँदा जमिम शाह हत्यामा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो। तर त्यसबेला प्रहरी नेतृत्वमा सुदूरपश्चिममा उच्च अधिकारी भएकाले उनी जोगिए। पछि एसपी भएर उनी कैलालीमा बसे। त्यहाँ पनि उनी बारम्बार विवादमा परेका थिए।

डिआइजीमा बढुवा भएपछि उनको पोष्टिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो। सुरुदेखि नै कमजोर देखिएका उनी त्यहाँ पनि अछुतो रहन सकेनन्।

यतिसम्मकी उनले एयरलाइन्स कम्पनीसँग निःशुल्क टिकट मागेको घटना बाहिरिएको थियो। उनले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेका थिए।

यस्तै भिजिट भिसामा भाग खोजेपछि विमानस्थलका अन्य निकायसँग उनको टकराब बढेको थियो। त्यही मनमुटाव बढेर विमानस्थलमा कर्मचारी प्रहरीबीच कुटाकुट नै भएको थियो। घटनापछि बनेको छानबिन समितिले उनको कमजोरी औँल्याएको थियो। त्यहीँ क्रममा उनले राजीनामा पनि दिएका थिए। तर पछि राजीनामा फिर्ता लिएर उनी काममा फर्किएका थिए। त्यसपछि उनलाई कर्णाली पठाइएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार