बिद्यार्थी नेता बडालको फेसबुक स्टाट्स : बालेनले साइबर ग्रुपलाई पोस्ट महानगरको १ करोड ३० लाख स्वाम पारे

काठमाडौं :  नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वयूका केन्द्रीय  अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिका मेयर बालेन साह बालेनले एक करोड ३० लाख हिनामिना गरेको आरोप लगाएका छन्।

बालेनले सीप मेला भनेर एक करोड ३० लाख साइबर ग्रुपलाई दिएको उनको आरोप छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै महानगरले गैरकानूनीरुपमा लुट चलाएको आरोप लगाएका हुन्। उनले प्रशासनलाई दबाबमा राखेर एक करोड ३० लाख झ्वाम पारेको उल्लेख गरेका हुन्।

Dengue

हेर्नुहोस् उनको स्टाटस

बालेन्द्र साहजी, नमस्कार ।

सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ साइबर ग्रुपलाई किन पोस्नु भयो ?

तपाईंलाई लाग्ला, ‘मैले फेक सूचनाको साम्राज्य फैलाएर, भर्चुअल समर्थक खडा गरेको छु र महानगरभित्र गैरकानुनी रुपमा जति लूट चलाए पनि, कसैले पत्याउँदैन ।’ तर केही समयका लागि मात्रै हो त्यस्तो सुविधा । महानगर प्रशासनलाई दबदवामा राखेर, कसैलाई बोल्न नदिएपछि सचिवालय मार्फत गरेको कानुन उल्लंघन र सबै भ्रष्टाचार छोपिन्छ भन्ने पनि लागेको होला । कानुनी कार्बाही गर्ने निकाय सक्रिय भए एउटा फेसबुक स्टाटसले अर्का भाष्य खडा गर्छु भन्ने पनि लागेको होला ।

तर, यो सधैंका लागि काम लाग्दैन ।

तपाईंले गरेको १ करोड ३० लाख रुपैयाँ घोटाला बारे लेख्दै छु ।

नगरसभाले स्वीकृत नगरीकन तपाईंले महानगरबासीको ट्याक्स मनीबाट सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ झ्वाम पार्नु भयो । यो कार्यक्रम महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा छैन । कमनपा वित्त विभागको भुक्तानी हेर्दा देखिन्छ– सार्वजनिक खरिद ऐन छल्न तपाईंले आफ्नो सचिवालयका झोले र फेसबुक पेजका बुलीहरुको झुण्डलाई पोस्न १ करोड ३० लाखलाई १०/१० लाखको टुक्रा बनाई कोटेसनका आधारमा भुक्तानी गर्नु भयो । यस विषयमा कसैलाई जान्ने इच्छा भए सूचनाको हक प्रयोग गरी महानगरपालिका कार्यालयको निर्णयको टिप्पणी र भुक्तानी भौचर माग गर्न सक्नुहुने छ ।

यसरी साइबर बुलीको झुण्डलाई पोसेर अरुको बिरुद्ध अफवाह फैलाउने र आफूलाई महाराज बनाउने उद्धेश्यले महानगरसभाले पास नगरी र बजेट बिनियोजन नगरी गरिएको १ करोड ३० लाख रकमले कति जनाले सिप सिकेर व्यवसाय सुरु गरे ? तिनीहरुको नाम ठेगाना एउटा फेसबुक स्टाटस लेखेर सार्वजनिक गर्न सक्नुहुन्छ ? खरिद ऐनले यसरी योजना टुक्र्याएर खरिद गर्न अनुमति दिन्छ ? यो सिधै भ्रष्टाचार होइन ? १ करोड ३० लाख रुपैयाँ महानगरको निर्णय बिना मनोमानी खर्च गरेर सिप विकासमा प्राप्त गरेको उपलब्धी के ? हजारौं फेसबुक पेज र युट्युब च्यानल प्रयोग गरेर अराजकता र अश्लिलता फैलाउने हानिकारक सिपमा रकम दुरुपयोग गर्न पाइन्छ ? महानगरका ट्याक्स पेयरमाथि यसरी खेलबाड गर्न पाइन्छ ? यो त अपराध हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार