सर्वोच्चको आदेशविरुद्ध कुपोन्डोलमा आन्दोलन

काठमाडौं : गैरन्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै राजधानीस्थित कुपोन्डोलमा विरोध प्रदर्शन भएको छ। काठमाडौं उपत्यका नदी किनार करिडोर पीडित संघर्ष समितिले गोकर्णेश्वर नगरपालिका–७, माकलवारीस्थित बागमती करिडोर छेउमा विरोध प्रदर्शन गरेको छ।

झण्डै एक दर्जन प्रदर्शनकारीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्मको सडक बन्द गराएका छन्। उनीहरुले टायर र ढुङ्गा राखेर सडक अवरुद्ध पारेका हुन्। सर्वोच्च अदालतले नदी तथा खोलाका दायाँ–बायाँ थप २० मीटर मापदण्ड तोक्न आदेश दिएपछि त्यहाँका स्थानीय आन्दोलित भएका छन्।

Dengue

उक्त मापदण्ड कार्यान्वयन गरिए हजारौं नागरिक सुकुम्बासी बन्ने उनीहरुको भनाइ छ। आन्दोलनमा उत्रिएका नदी तथा खोला किनारबासीहरुले सडक अवरुद्ध गरेर नाराबाजी थालेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार