काठमाडौँबाट भरतपुरका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या, अन्य उडान पनि प्रभावित

काठमाडौँ : सोमबार बिहान भक्तपुरका लागि उड्न लागेको बुद्ध एयरको एउटा जहाजमा समस्या देखिएको छ। भक्तपुर उड्ने तयारीमा रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि ट्याक्सी वेमा रोकेर यात्रुहरूलाई ओरालिएको थियो ‌।

यसले गर्दा अन्य उडानहरू पनि प्रभावित भएका थिए। बिहान ७:२० बजे जान लागेको जहाज ट्याक्सी वेमा पुगेको थियो।

Seti Hospital

त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर गगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार विमानस्थल सामान्य रूपले सञ्चालन भएपनि उक्त समस्याका कारण केही कठिनाइ भएको बताए ।

जहाजमा समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुलाई ओरालिएको हो। ओरालिएका यात्रुलाई अर्को जहाजमा पठाइएको छ। अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरू उड्न ढिला भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार