फुटबल वर्ल्डकपको क्वालिफायङ खेल्न नेपाली टोली चीन जाने

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वर्ल्डकपको क्वालिफायङ खेल्ने भएको छ । 

नेपालले चीनको यानबियान शहरमा हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वर्ल्डकपको क्वालिफायङ प्रतियोगिता दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो ।

अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण रहेको एयुएसएफ सेप्टेम्बर १६ देखि २४ सम्म हुँदैछ । आगामी सन् २०२५ मा चीनकै डालियन शहरमा फिसु फुटबल विश्वकप हुने तय छ । नेपालले यसै विश्वकप छनोट खेल्ने लागेको हो । 

विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा आईतवार थापागाउँमा आयोजित कार्यक्रममा नेपाली टोलीको बिदाइ गरिएको थियो । यो छनोट प्रतियोगितामा एशियाका १६ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । १६ खेलाडी र तीन अफिसियल गरी कुल १९ सदस्यीय नेपाली टोली आईतवार नै चीन प्रस्थान गर्दैछन् ।

सन्तोष दाहालको कप्तानीमा रहेको नेपाली टोलीमा चक्रराज बिडारी, नविन न्यौपाने, दीपेश खड्का क्षेत्री, आशिष थपलिया, हितेश पाण्डे, रूपेन्द्र फुयाल, सरोज उप्रेती, दिगम खड्का, रोशन खड्का, रामकृष्ण खत्री, सरोज गिरी, सारंश भट्टराई, सञ्जोग पोखरेल, मनिष पौडेल र सञ्जु तामाङ छन् । 

नेपाली टोलीको प्रशिक्षकमा अरबिन कोइराला छन् । हेड अफ डेलिगेसनमा अशोक श्रेष्ठ र टिम म्यानेजर एकेन्द्र मल्ल पनि टोलीसँगै चीन जाँदैछन् । त्रिभुवन विश्वद्यालय (टियु)ले आयोजनामा भएको बिबिए कपमा च्याम्पियन र उपविजेता टिमका खेलाडीबाट नेपाली टोली निर्माण भएको विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहोराले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार