बागलुङका उपाध्यक्ष र वडाध्यक्षसहित तीनै जनाको सनाखत, चालकको होस खुल्यो !

काठमाडौं : बागलुङमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका तीनैजनाकाे सनाखत भएकाे छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३२ वर्षीया भुपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीया गाेपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष ४५ वर्षीय जसबहादुर श्रीपालीकाे मृत्यु भएकाे हाे ।

Dengue

आज (शुक्रबार) बिहान पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी जिप बागलुङको गलकोट नगरपालिका -२ भुङखानीमा दुर्घटना भएको थियो ।

घटनास्थलबाट चालक प्रेमबहादुर पुनकाे जीवितै उद्धार गरिएको छ। उनीकाे धौलागिरि अस्पतालमा उपचारका भइरहेकाे छ । प्रजिअ सुवेदीका अनुसार उनीलाई भर्खरै होस आएको छ ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार