बिहीबार उच्च अंकले बढ्यो

काठमाडौ: बिहीबार सेयर बजार परिसूचक (नेप्से ) उच्च अंकले बढेको छ ।

बिहीबार ७८ अंकले बढ्दै परिसूचक २६८८ बिन्दुमा बढेको हो ।यसअघि भदौ १८ गते नेप्से ६.९४ अंकले बढेको थियो ।

Dengue

त्यसपछिका ७ कारोबार दिनपछि बिहीबार बजार उच्च अंकले बढेको हो ।

बिहीबार २२९ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकममा पनि केही सुधार देखिएको छ । कुल ३१८ कम्पनीको १ करोड ९४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

बुधबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।सामूहिक लगानी कोष उपसमूहको सूचक ०.०९ प्रतिशतले घटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार