काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीको सरुवा गरेको छ ।
आर्थिक अनियमितताको आरोप लागेका मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएको छ। यस्तै, मधेश प्रदेशमा भरतपुर शिक्षालयका डीआईजी लालमणि आचार्यलाई पठाइएको छ ।
शिक्षालयमा भने प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ । प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले गृहमन्त्रीस्तरीय निर्णयबाट तीन डीआईजीको सरुवा भएको पुष्टि गरे ।
प्रतिक्रिया दिनुहोस्