दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

 काठमाडाैँ । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको बताए । यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ ।  सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक सेट नोट साट्न सक्नेछन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार