रास्वपाको चेतावनी : उपसभामुख रानामाथि महाअभियोग लगाउने कुरा मान्य हुँदैन !

भक्तराज जोशी

काठमाडौँ : प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए । 

उनले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए । 

Dengue

‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नुहुनेछ स्मरण रहोस्‚’ उनले भने‚‘के नेपाली लोकतन्त्र यति कमजोर हो । लोकतन्त्रको हुर्मत लिने हो?’

उनले सङ्ख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौम सत्ता अघि कोही पनि नटिक्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार